बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी
सहयात्रा टिभी
काठमाडौं । चैत्र १, मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरदेखि बैठक चलिरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।

सरकारलाई जेनजी आन्दोलनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन बुझाएपछि बसेको यो पहिलो मन्त्रिपरिषद् बैठक हो । उक्त प्रतिवेदन अहिलेसम्म सार्वजनिक भएको छैन । प्रतिवेदन पूर्ण सार्वजनिक गर्न भन्दै दबाब बढिरहेको छ ।


