नवनिर्वाचित सांसदहरूलाई वाचापत्र तेहेर्याएर पढ्न स्वर्णिमको आग्रह
सहयात्रा टिभी
काठमाडौं । चैत्र ३, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले नवनिर्वाचित सांसदहरूलाई अब जनताले दिएको ऐतिहासिक मतलाई जिम्मेवारीबोध गर्नेगरी लाग्न आग्रह गरेका छन् ।

मंगलबारबाट सुरु भएको अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले संसद्मा ध्यान दिनुपर्ने विषयमा पुनस् अध्ययन गर्न आग्रह गरे ।
साथै, अब थिति बसाल्ने विषयमा पनि गम्भीर भएर सोच्न उनले आग्रह गरे । उनले आफूहरू व्यक्तिगत समस्या समाधान गर्न नआएको बताउँदै प्रणाली नै बदल्ने विषयमा गम्भीर रहन आग्रह गरे ।
उनले अब बन्ने नयाँ सरकारका कामहरूलाई याद गर्दै वाचडगको भूमिका निर्वाचन गर्न पनि नवनिर्वाचित सांसदहरूलाई निर्देशन दिए ।
‘हामी विधायक सांसदको भूमिकामा छौं । हामीले गर्ने मूल काम के हो ? सहायक काम के हो ? भन्ने बुझ्नुपर्छ । हामी कानुन बनाउन आएका हौं,’ वाग्लेले भने, ‘सरकारको कामको अनुगमन गर्ने वाचडग पनि हो । आ–आफ्ना निर्वाचन क्षेत्रका जनताका गुनासालाई बुलन्द ढंगले उठाउनुपर्ने हुन्छ ।’
जनतामा भएको विकास निर्माणको हुटहुटीलाई समातेर अघि बढ्नुपर्ने तथ्यलाई नबिर्सन आग्रह पनि गरे । ‘विकास निर्माणमा क्याच अप गर्नुपर्ने छ । विकास निर्माणको जुन हुटहुटी छ । त्यसमा पनि ध्यान दिनुपर्छ,’ वाग्लेले भनेका छन् ।


