मन्त्रिपरिषद्को कुनै पनि टुंगो लागेको छैन : रवि लामिछाने

सहयात्रा टिभी

काठमाडौं । चैत्र ४, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आजको दिनसम्म मन्त्रिपरिषद्को कुनै पनि टुंगो नलागेको जानकारी गराएका छन् ।

पार्टीले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा समापन मन्तव्य राख्दै उनले अब बन्ने मन्त्रिपरिषद्को कुनै टुंगो नलागेको बताए ।

‘अहिले म यहाँ बोल्ने बेलासम्म मन्त्रिपरिषद्को कुनै टुंगो लागेको छैन । हामीले तपाईंहरू सबैलाई चिनेका छौं । बलियो मन्त्रिपरिषद् बनाउँछौं,’ रविले भनेका छन् ।

 

 

प्रकाशित : 18 March, 2026

प्रतिक्रिया दिनुहोस्