कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलायो
सहयात्रा टिभी
काठमाडौं । चैत्र ४, नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

आगामी शुक्रबार दिउँसो १ बजे बस्नेगरी बैठक आह्वान भएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
उनका अनुसार, बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।
बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन । यद्यपि कांग्रेसले गत २१ फागुनमा भएको निर्वाचनको समीक्षा गरेको छैन ।
यसअघि बसेको बैठकपछि नेताहरूले अब बस्ने बैठकमार्फत समीक्षा गर्ने बताएका थिए । अघिल्लो कार्यसम्पादन समितिको बैठकले समानुपातिक सांसदहरू छनोट गरेको थियो ।


