संखुवासभामा एक महिला मृत अवस्थामा फेला
सहयात्रा टिभी
काठमाडौं । चैत्र ५, संखुवासभामा एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।

खाँदबारी नगरपालिका–१ स्थित खाँदबारी बसपार्कमा बिहीबार महिला मृत अवस्थामा फेला परेकी हुन् ।
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार सोही ठाउँ बस्ने ३० वर्षीय सुशिला मंग्रान्ती मृत अवस्थामा फेला परेकी हुन् । घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाइएको छ ।


