संस्कृतिविद् जनार्दन घिमिरेको अन्त्येष्टि

सहयात्रा टिभी

काठमाडौं । दुर्घटनामा परि निधन भएका संस्कृतिविद्र जनार्दन घिमिरेको सोमबार राती  अन्त्येष्टि गरिएको छ । उहाँको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । रेडियो कान्तिपुरको बिहानी कार्यक्रम धार्मिक अनुष्ठानका संचालक घिमिरेको राजधानीको महाराजगञ्जस्थित मनमोहन कार्डियो सेन्टरमा उपचारका क्रममा सोमबार  निधन भएको हो । घिमिरे स्थानीय तह निर्वाचनमा मतदानका लागि गृहजिल्ला दोलखा जाने क्रममा सिन्धुपाल्चोकको खाडीचौरस्थित तिनकिलो भन्ने स्थानमा गत बिहिबार दुर्घटनामा पर्नुभएको थियो । सोही दुर्घटनामा परि उहाँका बुबा ७६ वर्षिय मुक्तीनाथ घिमिरेको घटनास्थलमै र आमा रत्नकुमारीको उपचारका क्रममा निधन भएको थियो । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक समेत रहेका संस्कृत भाषाका ज्ञाता घिमिरले पछिल्लो समय दोलखामा संस्कृत ग्राम निर्माण गर्ने अभियानको नेतृत्व गर्नुभएको थियो । उहाँका श्रीमती र २ छोराहरु छन् ।

प्रकाशित : 16 May, 2017

प्रतिक्रिया दिनुहोस्