देशलाई समृद्धितिर लैजान सशक्त भूमिका निभाउनेछौं: कुलमान घिसिङ
सहयात्रा टिभी
काठमाडौं । चैत्र ११, उज्यालो नेपाल पार्टीको बागमती प्रदेश स्तरीय अगुवा भेला तथा प्रशिक्षण कार्यक्रम सडकबाटै सरकार चलाउने बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित पार्टीको बाममती प्रदेशस्तरीय अगुवा भेलामा बोल्दै उहाँले मुलुकलाई समृद्धिको बाटोमा लैजानका लागि सडकबाटै आम जनताको सरकारको रुपमा काम गर्ने बताएका हुन् ।
मुलुकको राष्ट्रियता, विद्यमान समस्या समाधान गर्दै मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउन आफ्नो पार्टीले सडकबाटै सशक्त भूमिका निर्वाह गर्ने अध्यक्ष घिसिङको भनाइ थियो ।
‘उज्यालो नेपाल पार्टी सडकमा बसेर सरकार चलाउनु भनेर हामीलाई म्यान्डेट दिएको छ । हामी सडकमा बसेर आम नेपाली जनताको सरकार चलाउने छौँ ।
सडकको सरकार उज्यालो नेपाल पार्टीको हुनेछ । सडकबाट पनि यो देशको समस्या, यो देशमा भएका विभेद र यो देशलाई समृद्धितिर लैजानकालागि सशक्त भूमिका हामीले निभाउनेछौं,’ उनले भने ।
देशलाई सही बाटोमा लैजानका लागि सरकारलाई खबरदारीको काम गर्ने पनि आफ्नो पार्टीको प्रतिबद्धता रहेको उनले जानकारी गराए ।
अध्यक्ष घिसिङले आफ्नो पार्टी जनताको घरदैलोमा पुग्ने र आगामी प्रदेश तथा स्थानीय तहको निर्वाचनमा नेपालको सशक्त पार्टीको रुपमा उदय हुने जिकिर समेत गरे ।


