स्वस्तिकवाचन पछि बालेनले प्रधानमन्त्री पदको शपथ ग्रहण गरे

सहयात्रा टिभी

काठमाडौँ । चैत्र १३, रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा ३६ वर्षीय बालेनलाई प्रधानमन्त्री पदको शपथ ग्रहण गराएका हुन् ।

राष्ट्रपति कार्यालय, शीतलनिवासमा केहीबेरबाट शपथ ग्रहण कार्यक्रम सुरु भएको हो ।
शपथ ग्रहण कार्यक्रमका लागि बटुकले स्वस्तिवाचन र लामाले मंगलवाचन गरिसकेका छन् ।

नेपालको संविधान २०७२ जारी भएपछि यो धाराको प्रयोग गरी प्रधानमन्त्री नियुक्त भएको पहिलोपटक हो । मधेशी समुदायका व्यक्ति नेपालको प्रधानमन्त्री बनेको पनि यो पहिलोपटक हो ।

 

 

प्रकाशित : 27 March, 2026

प्रतिक्रिया दिनुहोस्