राष्ट्रिय सभा उपाध्यक्षमा एमालेकी लिला भण्डारी निर्वाचित
सहयात्रा टिभी
काठमाडौँ । चैत्र २३, राष्ट्रिय सभा उपाध्यक्ष पदमा नेकपा एमालेकी सांसद लिलाकुमारी भण्डारी निर्वाचित भएकी छन् ।

सोमबार बसेको आजको राष्ट्रिय सभा बैठकमा उनी निर्विरोध उपाध्यक्ष निर्वाचित भएको घोषणा गरिएको हो ।
माघ ११ गते भएको राष्ट्रिय सभा निर्वाचनमा उनी सुदूरपश्चिमबाट निर्वाचित भएकी थिइन् । उनलाई राष्ट्रिय सभाका सद स्यहरूले बधाई दिएका छन् ।


