आज र भोलि देशका कही स्थानमा पानी पर्ने
सहयात्रा टिभी
काठमाडौँ । चैत्र २४, काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा रातिदेखि पानी परिरहेको छ । आज पनि धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थान तथा कोशी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा/हिमपातको सम्भावना छ ।

राति, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलगायत गण्डकीको पहाडी र हिमाली भूभागको थोरै स्थान तथा वाग्मती र कोशीको हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । आजभन्दा भोलि अझै ठूलो पानी पर्ने सम्भावना रहेको छ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ ।


