अख्तियारबाट समेत दिपक खड्कामाथि भ्रष्टाचारको अनुसन्धान

सहयात्रा टिभी

काठमाडौँ । चैत्र २५, नेपाली कांग्रेसका पूर्वमन्त्री दिपक खड्कामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत भ्रष्टाचारको आरोपमा अनुसन्धान थालेको खुलेको छ ।

खड्काको पक्राउ विरुद्ध चलेको बन्दीप्रत्यक्षीकरणको मुद्दामा लिखित जवाफ पेश गर्दै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अख्तियारले पनि खड्कामाथि अनुसन्धान गरिरहेको र त्यसक्रममा केही फाइलहरु खडा भएको विवरण पठाएको हो ।

विनिता थापाले आफ्नो पतिलाई गैरकानूनी थुनामा राखेको दावी सहित सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् । त्यही निवेदनको सुनुवाईपछि सर्वोच्च अदालतले अख्तियारबाट पनि फाइल मगाउनु भन्ने आदेश दिएको हो ।

अख्तियारले निर्णयगत भ्रष्टाचार र गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा अनुसन्धान गर्छ । अख्तियारबाट खड्कामाथि गैरकानूनी सम्पत्तिआर्जनको उजुरीमाथि अनुसन्धान भइरहेको छ । अख्तियारबाट फाइल पेश नभएको भनी सर्वोच्च अदालतले शुक्रबार फाइल सहित उपस्थित हुनु भनी आदेश दिएको हो ।

 

प्रकाशित : 8 April, 2026

प्रतिक्रिया दिनुहोस्