त्रिवि शिक्षण अस्पतालले शनिबार र आइतबार सार्वजनिक बिदा दिने
सहयात्रा टिभी
काठमाडौँ । चैत्र २६, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ )ले पनि दुई दिन सार्वजनिक बिदा दिने भएको छ ।

सरकारले साताको दुई दिन बिदा दिने निर्णय गरेसँगै शिक्षण अस्पतालले पनि शनिबार र आइतबार दुई दिन नै बिदा दिने एक सूचना मार्फत जानकारी दिएको छ । अस्पताल प्रशासनका अनुसार सरकारको निर्णय बमोजिम त्रिवि कार्यकारी परिषद्ले २३ चैत गते बिदा दिने निर्णय गरेपछि कार्यान्वयन गरिएको हो ।
शनिबार र आइतबारबाहेकका दिन कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म तोकिएको अस्पतालले जारी गरेको सूचनामा उल्लेख छ । बिरामीको सेवालाई ध्यानमा राखी ओपीडी र शल्यक्रिया सेवा भने शुक्रबार पूरै समय र अन्य दिन पनि सञ्चालन हुनेछ ।


