राष्ट्रपतिले आज संसदमा सम्बोधन गर्ने

सहयात्रा टिभी

काठमाडौँ । चैत्र २७, राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसदलाई सम्बोधन गर्दै छन् । दुवै सदनको संयुक्त बैठक दिउँसो ३ बजे तय गरिएको छ ।


मन्त्रिपरिषद्‌को सिफारिसमा नेपालको संविधानको धारा ९५ बमोजिम संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने शीतल निवासले जनाएको छ । उक्त बैठकमा सबै सदस्यलाई उपस्थितिका लागि आह्वान गरिएको छ ।

प्रकाशित : 10 April, 2026

प्रतिक्रिया दिनुहोस्