फेरि सुनको भाउ वृद्धि

सहयात्रा टिभी

काठमाडौँ । बैशाख २, नेपाली बजारमा सुनको भाउ फेरि प्रतितोला ३ लाख रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला २ हजार ९ सय रुपैयाँ बढेको हो ।

सो वृद्धिपछि सुन प्रतितोला ३ लाख २ हजार ७ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन २ लाख ९९ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । गत बुधबार २ लाख ९९ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।

आज चाँदी पनि बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १५५ रुपैयाँ बढेको हो । हिजो प्रतितोला ५ हजार ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार २२० रुपैयाँमा पुगेको छ । गत बुधबार चाँदी प्रतितोला ५ हजार २५ रुपैयाँमा कारोबार भएको थियो ।

 

 

 

प्रकाशित : 15 April, 2026

प्रतिक्रिया दिनुहोस्