कांग्रेसले लेखा समितिको सभापतिमा भरतबहादुर खड्काको मनोनयन
सहयात्रा टिभी
काठमाडौँ । बैशाख ३, नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सभापति पदमा मनोनयन दर्ता गरेका छन् ।

आजै कांग्रेस संसदीय दलले खड्कालाई लेखा समितिको सभापतिमा पठाउने निर्णय गरेको थियो ।
सोही निर्णयका आधारमा खड्काले मनोनयन दर्ता गराएका छन् । आज प्रतिनिधिसभाका संसदीय समितिमा मनोनयनको कार्य तालिका छ ।
प्रतिनिधिसभामा झन्डै दुई तिहाइ बहुमत रहेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दललाई दिएर बाँकी सबै समितिका सभापतिमा आफ्ना सांसद पठाउने निर्णय गरेको छ ।
उता विपक्षी दलहरूले पनि लेखा समितिको सभापतिमा कांग्रेस उम्मेदवारलाई सघाउने सहमति गरेका छन् ।


