रास्वपाले संसदीय दलको उपनेता गणेश पराजुलीलाई चयन
सहयात्रा टिभी
काठमाडौँ । बैशाख ३, राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद गणेश पराजुलीलाई प्रतिनिधिसभा संसदीय दलको उपनेतामा गणेश पराजुलीलाई चयन गरेको छ ।

आज बसेको संसदीय दलको बैठकले पार्टीको मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकहरूमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई चयन गरेको छ । रास्वपाको संसदीय दलको नेता प्रधानमन्त्री बालेन शाह हुन् ।


