मृल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन

सहयात्रा टिभी

काठमाडौँ । बैशाख ३, पेट्रोलियम पदार्थको मृल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।

संयुक्त विद्यार्थी संगठनहरूले महँगी, कालाबजारी र मृल्यवृद्धि नियन्त्रण गर, मन्त्रीहरूको सुनै सन जनतालाई छैन खाने नुन, घरमा हाम्रो बास छैन किनभने ग्यास छैन, बाँच्न दे सरकार, बालेन सरकार मूल्यवृद्धि उपहार, युद्धको मार(करको भार(जनता त मरे नि सरकार लगायत प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

उनीहरूले मूल्यवृद्धि नियन्त्रण गर, पेट्रोलियम पदार्थमाथि सरकारले थपेको अतिरिक्त कर खारेज गरी मूल्यवृद्धि समायोजन गर लेखेको ब्यानर समेत बोकेका थिए ।

प्रदर्शका क्रममा उनीहरूले भान्सामा प्रयोग हुने कराइ, डाडु लगायतका सामग्री पनि बोकेका थिए ।

 

 

 

प्रकाशित : 16 April, 2026

प्रतिक्रिया दिनुहोस्