डिभिजन टू भोली देखी सुरु हुँदै ।
काठमाण्डौँ । माघ २४, नेपाल आईसीसी बिश्व क्रिकेट लिग च्याम्पियनसिपमा सहभागी हुन नेपाली क्रिकेट टिम नामिबियामा रहेको छ जहाँ भोलिबाट डिभिजन टू सुरु हुँदैछ जसमा नेपाल, आयोजक नामिविया, केन्या, युएई, क्यानडा र ओमानले प्रतिस्पर्धा गर्नेछन्। यसमा शीर्ष २ मा रहने टिमले अर्को महिना जिम्वावेमा हुने वान डे वर्ल्ड कप क्वालिफायर खेल्न पाउनेछ।नेपाल, नामिविया केन्या र युएई विश्व क्रिकेट लिग च्याम्पियनसिपको पुछारको चार स्थानमा रहँदै डिभिजन टू मा घटुवा भएका हुन् भने क्यानडा र ओमान डिभिजन थ्री को शीर्ष दुई स्थानमा रहँदै डिभिजन टू मा बढुवा भएका हुन्। ८ दिन सञ्चालन हुने डिभिजन टु मा एकआपसमा १८ खेल खेल्नेछन् ।
यस्तो छ डिभिजन २ खेल तालिका
माघ २५ गते फेब्रुअरी ८
केन्या vs यूएई – वन्डरर्स मैदान
नेपाल vs नामिविया – डब्लुएपी मैदान
ओमान vs क्यानडा – ट्रस्टको युनाइटेड मैदान
माघ २६ गते (फेब्रुअरी ९)
युएई vs क्यानडा – वन्डरर्स मैदान
नेपाल vsओमान – डब्लुएपी मैदान
केन्या vs नामिविया – ट्रस्टको युनाइटेड मैदान
माघ २८ गते (फेब्रुअरी ११)
नामिविया vs ओमान – वन्डरर्स मैदान
केन्या vs क्यानडा – डब्लुएपी मैदान
यूएई vs नेपाल – ट्रस्टको युनाइटेड मैदान
माघ २९ गते (फेब्रुअरी १२)
केन्या vs नेपाल – वान्डरर्स मैदान
यूएई vs ओमान – एब्लुएपी मैदान
नामिविया vs क्यानडा – ट्रस्टको युनाइटेड मैदान
फागुन २ गते (फेब्रुअरी १४)
नेपाल vs क्यानडा – वन्डरर्स मैदान
यूएई vsनामिविया – डब्लुएपी मैदान
केन्या vs ओमान – ट्रस्टको युनाइटेड मैदान
फागुन ३ गते (फेब्रुअरी १५)
फाइनल – वन्डरर्स मैदान
तेस्रो र चौथो स्थानको प्लेअफ – डब्लुएपी मैदान
पाँचौं र छैटौं स्थानको प्लेअफ – ट्रस्टको युनाइटेड मैदान