सुकुमवासी बस्ती हटाउन करिब २ हजार प्रहरी परिचालन

सहयात्रा टिभी

काठमाडौँ । बैशाख १३, सुकुमवासी बस्ती हटाउन करिब २ हजार प्रहरी परिचालन गरिएको छ ।

काठमाडौैं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआईजी ईश्वर कार्कीका अनुसार अहिले शान्तिपूर्ण रुपमा बस्ती हटाउन काम भइरहेको छ । शनिबार बस्ती हटाउने क्रममा प्रहरीमाथि नै आक्रमण भएपछि आज भने बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रहरीका अनुसार करिब २ हजारको हाराहारीमा प्रहरी परिचालन गरिएको छ । अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरीले समेत बस्तीका बासिन्दाको सामानहरू हटाउन सहयोग गरिरहेका छन् ।

१२ वटा डोजरले अहिले मनोहरास्थित सुकुमवासी बस्तीमा काम गरिरहेको छ ।

 

प्रकाशित : 26 April, 2026

प्रतिक्रिया दिनुहोस्