कर्णाली प्रदेशसभाको सचिवमा डा. अर्जुन खड्का नियुक्त

सहयात्रा टिभी

काठमाडौँ । बैशाख १६, कर्णाली प्रदेशसभाको सचिवमा डा. अर्जुनकुमार खड्का नियुक्त भएका छन् । कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङले मङ्गलबार डा. खड्कालाई प्रदेशसभा सचिवमा नियुक्त गरेकी हुन् । नवनियुक्त प्रदेशसभा सचिव खड्काले मङ्गलबार नै पद तथा गोपनियताको शपथ लिई पदभार ग्रहण गरेका छन् ।

खड्का सिद्धिचरण नगरपालिका–९ ओखलडुङ्गा जिल्लाका स्थायी निवासी हुन् । सङ्घीय संसद सचिवालयमा पाँच वर्ष कानुन सहसचिवको रुपमा काम गरेका खड्कासँग कानुन र न्यायको क्षेत्रमा ४० वर्ष काम गरेको अनुभव छ । संविधान निर्माणका क्रममा सविधानको मस्यौदा समितिमा रहेर काम गरेका उनले २०७४ सालमा कर्णाली प्रदेशसभाको पहिलो अधिवेशन सञ्चालनका क्रममा प्रदेशसभा बैठक सञ्चालनमा सहजीकरण गरेका थिए ।

प्रकाशित : 29 April, 2026

प्रतिक्रिया दिनुहोस्