हर्क साम्पाङ र सुदन किरातीबीच एकताको सहमति, आज औपचारिक घोषणा गरिने

सहयात्रा टिभी

काठमाडौँ । बैशाख २५ , श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र पूर्वमन्त्री सुदन किरातीबीच एकताको सैद्धान्तिक सहमति भएको छ ।

हर्क र सुदनबीच विभिन्न चरणमा भएको छलफलले गएराति एकताको रुप लिएको हो । सहमति अनुसार सुदनलाई पार्टीको वरिष्ठ नेताको जिम्मेवारी दिइनेछ । एकताबारे आज दिउँसो ३ बजे बागबजारस्थित हार्दिक होटलमा पत्रकार सम्मेलन गरी जानकारी गराइने सुदनका सहयोगी हेमन्त किरातीले जानकारी दिए । उनीहरुबीच वैचारिक र सैद्धान्तिक विषयमा भने छलफल जारी रहेको बताइएको छ ।

पूर्व माओवादी नेतासमेत रहेका किराती नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले पार्टी एकता गरेर नेपाली कम्युनिष्ट पार्टी गठन गरेपछि जनार्दन शर्माको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)मा प्रवेश गरेका थिए । गत फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचनपछि उनले प्रलोपाको साधारण सदस्यता समेत त्यागेका थिए । त्यसमा उनी पाँच सदस्यीय अध्यक्ष परिषदको सदस्य थिए ।

प्रकाशित : 8 May, 2026

प्रतिक्रिया दिनुहोस्