बालेन प्रधानमन्त्री हुनु क्रान्तिकै संकल्पको जित हो: प्रचण्ड

सहयात्रा टिभी

काठमाडौँ । बैशाख २९ , नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले क्रान्तिका उपलब्धिमाथि गर्व गर्ने समाजमा नै केही पात्रहरू अझै क्रान्तिको अपराधीकरणमा लागेको आरोप लगाएका छन् ।

मंगलबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले वर्तमान प्रधानमन्त्रीसहितलाई काठमाडौंको मेयर निर्वाचन हुँदा आफूले गणतन्त्रको फूल भनेको बताए ।

उनले शान्ति प्रक्रियापछिको मधेशी अभियानको स्मरण गर्दै भने,’शान्तिप्रक्रियालगत्तै काठमाडौंका भित्ताहरूमा हामीले मधेशी हुनुको गर्व स्थापित गर्न अभियान सञ्चालन गरेका थियौं। काठमाडौंसँग मधेशले काठमाडौंमै आफ्नो पहिचान र आत्मसम्मानको यति निर्भीक दाबी यसअघि कहिल्यै गरेको थिएन।’

प्रचण्डले प्रधानमन्त्री बालेन शाहको उदयलाई क्रान्तिको जित भन्दै थपे, ‘बालेन्द्र शाह काठमाडौंको मेयर हुँदै आज देशकै प्रधानमन्त्री बन्नुभएको छ। पार्टी फरक होला, तर मेरा लागि यो क्रान्तिकै संकल्पको जित हो।’

 

प्रकाशित : 12 May, 2026

प्रतिक्रिया दिनुहोस्