सदन बैठकमा नीति तथा कार्यक्रम छलफलका लागि प्रस्तुत
सहयात्रा टिभी
काठमाडौँ । बैशाख ३०, प्रधानमन्त्री बालेन शाह आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका सवालबारे जवाफ दिन तयार भएपछि प्रतिनिधिसभा बैठक अघि बढेको छ ।

बुधबार बसेको पहिलो बैठकमा प्रधानमन्त्री शाह उपस्थित नभएको भन्दै विपक्षीहरूले अवरोध गरेका थिए । विपक्षीको अवरोधपछि सभामुख डोलप्रसाद अर्यालले बैठक स्थगित गरेर छलफल गरेका थिए ।
सो छलफलको क्रममा प्रधानमन्त्री जवाफ दिन आउने छलफल भएपछि बैठक अघि बढेको एमाले सांसद ऐन महरले जानकारी दिए ।
‘हामीले प्रधानमन्त्रीज्यू बहसको प्रत्यूत्तर जवाफ दिन आउनेगरी हामीले आजको संसद् चल्न दिने जानकारी गराउन चाहन्छु,’ महरले भने ।
उनको जानकारीपछि अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रम छलफलका लागि बैठकमा प्रस्तुत गरे ।
यद्यपि सुरु भएको बैठक फेरि अवरोध भएको छ । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भने प्रधानमन्त्री शाहको उपस्थिति हुनैपर्ने जिकिर गरे ।
‘नीति तथा कार्यक्रमको सफलतामा त उहाँहरूको भविष्य छ । त्यसमा उपस्थिति भएर आफ्ना विचार राख्नका लागि के अप्ठेरो पर्यो ? कि क्रिपा गरेर रुलिङ हुुनुपर्छ,’ उनले भने ।
प्रधानमन्त्री शाहलाई सम्मान गरेर नै टेबल गर्न दिएको र छलफलमा प्रधानमन्त्री शाह उपस्थित हुुनपर्ने कांग्रेस सांसद आङ्देम्बेको भनाइ छ ।
