नुवाकोटमा दुई जना दाजुभाइको शव फेला परे
सहयात्रा टिभी
काठमाडौँ । बैशाख ३०, नुवाकोटमा हत्या गरिएको अवस्थामा दुई जना दाजुभाइको शव फेला परेका छ ।

नुवाकोटका प्रहरी नायव उपरीक्षक डीएसपी० बिक्रम लामाका अनुसार बुधबार दिउँसो ४ बजे खोलाको छाँगोभित्र दाजुभाइको शव फेला परेको छ ।
मृत फेला पर्नेमा म्यागङ गाउँपालिका-४ किम्ताङ गाउँका ४१ वर्षिय सोमराज तामाङ र ३६ वर्षीय सूर्यमान तामाङ रहेका छन् । सोमराज र सूर्यमान दाजु-भाइ हुन् ।
लामाका अनुसार बुधबार बिहान तामाङ दाजुभाइ बेपत्ता भएको भन्ने जानकारी पाएपछि प्रहरीको टोली घटनास्थल तर्फ गएको थियो ।
खोजतलास र अनुसन्धान गर्दा बुधबार दिउँसो ४ बजेमात्रै खोलाको छाँगोभित्र दाजुभाइको शव फेला पारेको उनले बताए । घटनाबारे अनुसन्धान भइरहेको र हत्यामा संलग्नहरूको खोजी कार्य जारी रहेको डीएसपी लामाले बताएए ।
