प्रतिनिधिसभाको बैठकमा नयाँ नियमावली पेस

सहयात्रा टिभी

काठमाडौँ । जेठ ३ , प्रतिनिधिसभाको बैठकमा नयाँ नियमावली पेस भएको छ ।

सोमबार बसेको बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका हुन् ।

नयाँ नियमावलीमाथिको छलफलमा बोल्दै नेपाली कम्युनिस्ट पार्टीका सांसद युवराज दुलालले असर संसदीय अभ्यासलाई निरन्तरता दिनुपर्ने बताए ।

संसद् गफ गर्ने अखडा नभएर काम गर्ने थलो हो भन्ने गरी प्रावधानहरू राखिनुपर्नेमा जोड दिए । सरकारलाई जवाफदेही बनाउने गरी नियमावली बन्न सक्दा यसले समग्र मुलुककै हित गर्ने उनको राय छ ।

नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले मिनी संसद्को रूपमा रहेको संसदीय समितिलाई नियमावलीले नै प्रभावकारी बनाउनुपर्ने बताए ।

‘विधेयकसहित अन्य कार्यसूचीहरूमा पनि विभागी मन्त्रीको अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ कि छैन रु’ उनले प्रश्न गरे । संसद्‍मा प्रश्न गर्ने र संशोधन राख्ने प्रर्याप्त समय दिने व्यवस्था छ कि छैन भनेर नियमावलीमा हेरेर दफावार छलफलमा संशोधन राख्ने उनले बताए ।

 

प्रकाशित : 18 May, 2026

प्रतिक्रिया दिनुहोस्