भारतको उत्तर प्रदेशमा ट्रक र म्याजिक भ्यान ठोक्किँदा १० जनाको मृत्यु

सहयात्रा टिभी

काठमाडौँ । जेठ ३ , भारतको उत्तर प्रदेशमा पर्ने लखिमपुर खिरी जिल्लामा ट्रक र म्याजिक भ्यान ठोक्किँदा १० जनाको मृत्यु भएको छ ।

लखिमपुर खिरीका जिल्लाधिकारी ९डीएम० अञ्जनीकुमार सिंहले दुर्घटना सोमबार बिहान भएको बताएका छन् । उनका अनुसार लखिमपुरदेखि बहराइचतर्फ गइरहेको म्याजिक भ्यान विपरित दिशाबाट आइरहेको ट्रकसँग ठोक्किएको हो ।

‘धौरहरा कोतवाली क्षेत्रमा पर्ने भरेहटा गाउँ नजिकै बहराइचबाट आइरहेको ट्रकसँग भ्यान ठोक्किँदा दुर्घटना भयो,’ सिंहले भने, ‘दुर्घटनामा १० जनाको मृत्यु भएको छ ।’ दुर्घटनामा परी मृत्यु हुनेमा तीन महिला रहेका छन् ।

 

 

प्रकाशित : 18 May, 2026

प्रतिक्रिया दिनुहोस्