अर्थमन्त्री संसद्‌मा उपस्थित नभएकोप्रति अमरेशको आक्रोश

सहयात्रा टिभी

काठमाडौँ । जेठ ३ , रास्वपा सांसद डा. अमरेशकुमार सिंहले आगामी आर्थिक वर्षको बजेटको विनियोजन प्राथमिकतामा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले उपस्थित नभएकोप्रति आक्रोश व्यक्त गरेका छन् । प्रतिनिधिसभा बैठकमा बजेटको विनियोजन प्राथमिकतामाथि छलफल चलिरहेको छ ।

छलफलमा भाग लिन पुगेका सांसद सिंहले आफ्नो २० वर्षे कार्यकालमा पहिलोपटक अर्थमन्त्री नहुँदा पनि बजेटको विनियोजनमाथि छलफल चलेको भन्दै आश्चर्य व्यक्त गरे ।  छलफल चलिरहँदा सरकारको तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनाल उपस्थित थिए ।

उनले बजेट परराष्ट्रमन्त्रीले बजेट नबनाउने भन्दै आफूले रेकर्डमा राख्नका लागि यो अभिव्यक्ति दिएको जिकिर गरे ।

वास्तवमा परम्परा तोड्ने नाममा सबै परम्परा तोडिंदैन । बजेटको विनियोजन प्राथमिकता हुँदा अर्थमन्त्री जहिलेपनि बस्ने सिस्टम छ, परराष्ट्रमन्त्रीले बजेट बनाउने होइन । परराष्ट्र मन्त्रालयको बजेट त्यहीँ जान्छ । किनभने यो म रेकर्ड गराउनका लागि मात्रै बस्दैछु ।

हामी पाँचौंचोटीको सांसदले पनि सबै परम्परा भत्काउँदै गयो भने यो संसद्को औचित्य समाप्त हुन्छ । पार्लियामेन्ट्रि सिस्टमको समाप्त हुन्छ । हाम्रो देश, हाम्रो संविधानले पार्लियामेन्ट्रि सिस्टमको अंगीकार गरिरहेको छ ।

जहाँ सबै सांसद बराबर हुन्छ । प्रश्न सरकारसँग गरिन्छ र कुरा पनि जनताको कुरा राखिन्छ । म पहिलोचोटी २० वर्षको कार्यकालमा पहिलोचोटी देख्दैछु, अर्थमन्त्री नभएर पनि बजेटको विनियोजन हुँदैछ ।

यो कस्तो परम्परा सुरु हुँदैछ रु नयाँको नाममा सबै चिज भत्काउने होइन । त्यसो भए सिंहदरबार पनि भत्काऔं, प्रधानमन्त्री पद पनि भत्काऔं, मन्त्री पद पनि भत्काऔं ।

सबै चिज चेन्ज गरौं न । किनकी औचित्यपूर्ण हुनुपर्छ । जति व्यस्त भए पनि एक दुई दिन छलफल चल्छ, अर्थमन्त्रीले बजेट बनाउने होइन, टिमले बनाउने हो । अर्थमन्त्रीले त पोलिसि गाइड गर्ने हो । म विषयमा जान चाहन्छु, मन्त्री नभए पनि कम्तीमा रेकर्डमा रहोस् ।

प्रकाशित : 19 May, 2026

प्रतिक्रिया दिनुहोस्