त्रिभुवन विमानस्थलबाट ३७ वटा पासपोर्टसहित एक जना व्यक्ति पक्राउ

सहयात्रा टिभी

काठमाडौँ । जेठ ३ , त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३७ वटा राहदानीसहित एक व्यक्ति पक्राउ परेका छन् ।

आज मंगलबार बिहान पौने १२ बजेको समयमा नेपाल एयरलाइन्सको उडानमार्फत भारतको दिल्ली जान लागेका सिरहा धनगढीमाई नगरपालिका-१३ घर भएका अजित श्रेष्ठलाई विमानस्थल सुरक्षा कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो ।

कुनै आधिकारिक स्वीकृति एवम् पत्र नलिई ३७ वटा राहदानी रोमनिया भिसा लगाउने भनी भारत लैजाँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको बताइएको छ । थप अनुसन्धानका लागि उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु पठाइएको परहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए ।

 

 

प्रकाशित : 19 May, 2026

प्रतिक्रिया दिनुहोस्