बंगलादेशी पूर्वप्रधानमन्त्री खालिदा जियालाई ५ वर्ष जेल सजाय

सहयात्रा टिभी

काठमाडौं । माघ -२५ , भ्रष्टाचारको मुद्दामा बंगलादेशका पूर्वप्रधानमन्त्री खालिदा जियालाई ५ वर्ष जेल सजाय सुनाइएको छ । विश्वभरबाट बच्चाहरुका लागि सङ्कलन गरिएको एक करोड ६१ लाख दुरुपयोग गरेको आरोप पुष्टी भएपछि उनलाई अदालतले ५ वर्षको जेल सजाय सुनाएको थियो र लगत्तै आदालत परिसर भित्रैबाट प्रहरीले पक्राउ गरको हो ।

 

प्रमुख विपक्षी दलकी नेत्री समेत रहेकी ७४ वर्षीया जिया जेल जाने क्रमा गहभरी आँसु बनाएका उनले आफन्तलाई चिन्ता नगर्न र हिम्मत नहार्न आग्रह गरेकी थिइन् । साथै उनले राजनीतिबाट प्रेरित भइ आफूलाई आरोप लगाइएको पनि दाबी गरेकी छिन् ।अदालतले जियाका चार सहयोगीलाई १० वर्षको जेल सजाय सुनाएको छ ।

प्रकाशित : 8 February, 2018

प्रतिक्रिया दिनुहोस्