वृद्धिसँगै नेप्से २७५८ अंकमा कायम
सहयात्रा टिभी
काठमाडौँ । जेठ ८, साता कारोबारको अन्तिम दिन शुक्रबार सेयर बजार १६।३८ अंक बढेको छ । अघिल्लो दिन १२ अंक घटेकोमा यस दिनको वृद्धिसँगै नेप्से २७५८ अंकमा कायम भएको छ ।

जुन अंक दिनभर भएको कारोबारको अधिकतम अंक पनि रह्यो । आज कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ३ अर्ब ८९ करोडको कारोबार भएकोमा आज ४ अर्ब ४८ करोडको भयो ।
कुल २०३ कम्पनीको मूल्य बढ्दा ५७ कोृ घट्यो भने ८ को स्थिर रह्यो । व्यापार समूह ०४.२ प्रतिशत घट्यो । क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै १४.८१ प्रतिशत बढ्यो । माबिलुङ इनर्जीको ९.६४, आँखुखोला जलविद्युतको ६.९३, सुपरखुदी हाइड्रोपावरको ६.७४ तथा झापा इनर्जीको ६.६९ प्रतिशत मूल्य बढ्यो ।
आज मूल्य धेरै गुमाउनेमा म्युचुअल फन्ड र डिबेन्चर अगाडि रहे । त्यस्तै कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत् कम्पनी, रिडी पावर, नेसनल हाइड्रोपावर, अपी पावर र बुंगल हाइड्रोपावर छन् ।
