बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
सहयात्रा टिभी
काठमाडौं । जेठ १३ , नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १५२ दशमलव ०८ र बिक्रीदर रु १५२ दशमलव ६८ कायम भएको छ ।

साथै युरोपियन युरो एकको खरिददर १७७ दशमलव ०९ र बिक्रीदर १७७ दशमलव ७९, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर रु २०५ दशमलव २४ र बिक्रीदर २०६ दशमलव ०५ तथा स्वीस फ्राङ्क एकको खरिददर रु १९४ दशमलव ६४ र बिक्रीदर रु १९५ दशमलव ४१ निर्धारण गरिएको छ ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर १०९ दशमलव ०३ र बिक्रीदर १०९ दशमलव ४६, क्यानेडियन डलर एकको खरिददर ११० दशमलव १० र बिक्रीदर रु ११० दशमलव ५४, सिङ्गापुर डलर एकको खरिददर ११९ दशमलव ०६ र बिक्रीदर रु ११९ दशमलव ५३ कायम गरिएको छ ।
जापानी येन १० को खरिददर नौ दशमलव ५७ र बिक्रीदर नौ दशमलव ६१, चिनियाँ युआन एकको खरिददर २२ दशमलव ४२ र बिक्रीदर २२ दशमलव ५० तथा साउदी अरेबियन रियाल एकको खरिददर ४० दशमलव ५३ र बिक्रीदर ४० दशमलव ६९ रहेको छ ।
कतारी रियाल एकको खरिददर ४१ दशमलव ७२ र बिक्रीदर ४१ दशमलव ८८, थाई भाट एकको खरिददर चार दशमलव ६८ र बिक्रीदर रु चार दशमलव ७० तथा यूएई दिर्हाम एकको खरिददर ४१ दशमलव ४० र बिक्रीदर रु ४१ दशमलव ५७ तोकिएको छ ।
मलेसियन रिङ्गिट एकको खरिददर ३८ दशमलव ४८ र बिक्रीदर रु ३८ दशमलव ६३, दक्षिण कोरियाली वन १०० को खरिददर १० दशमलव ०४ र बिक्रीदर १० दशमलव ०८, स्विडिस क्रोनर एकको खरिददर १६ दशमलव ३९ र बिक्रीदर रु १६ दशमलव ४६ तथा डेनिस क्रोनर एकको खरिददर रु २३ दशमलव ७० र बिक्रीदर रु २३ दशमलव ७९ कायम गरिएको छ ।
केन्द्रीय बैंकका अनुसार हङकङ डलर एकको खरिददर रु १९ दशमलव ४१ र बिक्रीदर १९ दशमलव ४९, कुवेती दिनार एकको खरिददर रु ४९५ दशमलव ८६ र बिक्रीदर रु ४९७ दशमलव ८२, बहराइन दिनार एकको खरिददर रु ४०३ दशमलव ४० र बिक्रीदर ४०४ दशमलव ९९ तथा ओमानी रियाल एकको खरिददर रु ३९५ दशमलव ०१ र बिक्रीदर रु ३९६ दशमलव ५७ कायम भएको राष्ट्र बैंकले जनाएको छ । भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
