आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदाहुँदै हर्क साम्पाङ बाहिरिए

सहयात्रा टिभी

काठमाडौं । जेठ १५ , आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदाहुँदै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ बाहिरिएका छन् ।

संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गरिरहेका छन् । उनले बजेट पढ्दापढ्दै साम्पाङ भने बैठकबाट बाहिरिएका हुन् ।

उनले आफ्नो महत्वपूर्ण काम भएको भन्दै बजेटबाट बाहिरिएको बताए । ‘मेरो पार्टीका अरु साथीहरू भित्र हुनुहुन्छ । मेरो अर्को महत्वपूर्ण काम छ, त्यही भएर निस्किएको हुँ,’ साम्पाङले भने ।

 

 

 

प्रकाशित : 29 May, 2026

प्रतिक्रिया दिनुहोस्