कारोबार सुरु भएको ५ मिनेटपछि नै झर्न थालेको बजार २० अंकमा खुम्चियो
सहयात्रा टिभी
काठमाडौँ । जेठ २५, साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार २०. २७ अंक घटेको छ । यसअघि शुक्रबार ११ तथा बिहीबार १३ अंकले बजार परिसूचक नेप्से घटेको थियो ।

आजको कारोबारपछि नेप्से २७३५ अंकमा अडिएको छ । आज कारोबार सुरु भएको ५ मिनेटपछि नै झर्न थालेको बजार अन्तिम समयसम्म रातो अंकमा रह्यो । ४१ कम्पनीको मूल्य बढ्दा २२३ को घट्यो भने ६ को स्थिर रह्यो ।
कारोबार रकम डेढ अर्ब बढी घटेको छ । अघिल्लो दिन ५ अर्ब ६१ करोडको कारोबार भएकोमा आज ४ अर्ब ८ करोडको भयो । कालिन्चोक हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १५ प्रतिशत बढ्यो ।
त्यस्तै क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको १३. ११, सोपान फर्मास्युटिकल्सको ९.९८, सामुदायिक लघुवित्तको ८.८५ प्रतिशत मूल्य बढ्यो ।
