बजेट समता र सामाजिक न्यायमा केन्द्रित रहेको अर्थमन्त्री वाग्लेको दाबी
सहयात्रा टिभी
काठमाडौँ । जेठ२८, अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले सरकारले समतालाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको बजेट ल्याएको दाबी गरेका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै समता र सामाजिक न्यायलाई बजेटको केन्द्रबिन्दु बनाइएको दाबी गरेका हुन् ।
विपक्षी दलहरूले संविधानको मर्मविपरीत बजेट आएको भन्ने आरोपलाई उनले खण्डन गरे । उनले बजेटमा आर्थिक वृद्धि र समानताको सन्तुलनलाई प्राथमिकता दिएको दाबी गरे ।
समन्यायिक समुन्नति र समृद्धिलाई लक्ष्य बनाएको उनको भनाइ छ । बजेटमा समाजवाद शब्द स्पष्ट रूपमा उल्लेख नभए पनि समताको एजेन्डालाई व्यावहारिक रूपमा कार्यान्वयन गर्ने प्रयास बजेटमार्फत गरिएको उनले बताए ।
उनले सरकार पाँच वर्षे प्रतिबद्धता र जनताले अनुमोदन गरेको एजेन्डाप्रति दृढ रहेको उल्लेख गरिन् । सरकारका नीति, कार्यक्रम, बजेटका सिद्धान्त तथा प्राथमिकता र बजेटबीच उच्च स्तरको संगती रहेको उनको दाबी छ ।
उनले भने, ‘मैले बुझेको भाषा अथवा मेरो पाटीले बोकेको एजेण्डाजस्तो बजेट आएन भनेर गुनासो गर्नु त एकठाउँमा रह्यो तर पाँच वर्षसम्मका लागि हाम्रो अर्जुनदृष्टि भनेको हामीले नै गरेको वाचा र जनताले अनुमोदन गरेको एजेन्डालाई नै हो, त्यसप्रति अत्यन्तै बफदार रहेर हामीले कार्यक्रमहरू अगाडि बढाएका छौँ ।’
उनले विपक्षी दलहरूलाई आफ्नो पार्टीको एजेन्डा जस्तो बजेट आएन भनेर गुनासो गर्न छुट रहेको बताए ।
