दिदिको बोइफ्रेण्ड

सहयात्रा टिभी
दीपा पौडेल
मेरो व्यग्र प्रतीक्षा को घडि समाप्त हुनै लागेकै थियो सिम सिम पानीसगै कलेज सुरु भैसकेको थियो।नयाँ जोस नया जागर सबै थोक नया।म आतुर थिए मेरि दिदिको बोइफ्रेन्ड अर्थात हाम्रो botany को teacher लाई हेर्न। मेरि दिदिको नाम चाहिँ उषा तर अनुहार भने सधै रात परेजस्तो लोडसेडिङ भए जस्तो धुम्म। जब मैले पैलो पटक भक्तराज लाई देखे मलाइ बिस्वास नै लागेन उस्ले मेरि दिदिलाइ मन पराउछ!! पढाइ चल्दै थियो अनि बर्सायाम पनि,Botany मलाइ सुरुदेखिनै अति मन पर्यो।प्रत्येक दिन चाख लाग्दो।होमवर्क घरमा जानेबित्तिकै गरिहाल्थे।परिक्षामा बढी मेहेनत त्यसैलाइ अनि भक्तराज का प्रत्येक स्टाइल मन पर्थ्यो मलाइ लाम्चो अनुहार अगाडिका दुइटा दात फारिएका भए पनि मिलेका ,साच्चै भन्नू पर्दा हास्दा देखिने दात को प्वाल ले उस्लाइ खुब सुहाउथ्यो।अनि हास्दा आखामुन्तिर खुम्चिने गाला ! हर कुरामा चासो थियो मलाइ उस्को,घरमा पनि यताउता म उस्कै कुरा निकाल्थे !सुरुसुरुमा लाग्थ्यो दिदिको बोइफ्रेन्ड अनि मेरो मनपर्ने सब्जेक्ट को सर भएर येस्तो हुदोहो तर जब समय बित्दै गयओ मलाइ कताकता लाग्न थाल्यो आखिर म उस्लाइ मनै देखि मन पराउछु अनि प्रेम गर्छु। यो बडो अचम्मको अनुभव थियो मेरो भक्तराज को पिरियड मा म म रहन्न्थ्ये जब मेरो आँखा उस्को आखामा जुध्न पुग्थ्यो मेरो मुटुको ढुकढुकी बढ्थ्यो अनुहार रातोपिरो हुन्थ्यो अनि टाउको निहुरिन्थ्यो।नजिक का साथी मलाइ भक्तराजको नाम लिएर जिस्काउन थालिसकेका थिए म रिसाएझै गर्थे तर मनमनै मख्ख पर्थे।जब कसैले भक्तराज को नाम मात्र काटेर बोल्थ्यो मेरो पारो तात्थ्यो।तर जब घर पुग्थे अनि आफै देखि घृणा लागेर आउथ्यो दिदिलाइ हेर्थे अनि रिस उठेजस्तो नि हुन्थ्यो मन तेसै उदास भएर आउथ्यो।जब मेरो भक्तराजसग फेसबूक मा कुरा हुन थाल्यो मैले अर्कै भक्तराज पाए झै लाग्थ्यो उस्को कुरा गर्ने तरिका ख्याल राख्ने बानी इ सब ले मलाइ झन् उस्को नजिक लादै थियो।”केही समस्या छ भने भन ” एक्दिन बोल्दै गर्दा भक्तराज ले यसो भन्यो लाग्या थ्यो सबै कुरा त्यही बेला भनिदिउ “भक्तराज मलाइ तपाइसगै जिन्दगिको “क ख” पढ्न मन छ के तपाईं मेरो जिन्दगिको टिचर बनिदिनु हुन्छ।”फेरि मलाइ उस्को नाइ सुन्ने साहस पनि थिएन।तर मलाइ लाग्थ्यो उ मलाइ बिध्यार्थी मात्र सोच्दैन।
यो प्रेम भन्ने चिज अन्धो हुने अचम्म को हुने उ मेरो होइन दिदिको हो भन्ने थाहा हुदा हुँदै पनि उ मेरो हुन सक्दैन भन्ने थाहा हुदा हुँदै पनि म उस्लाइ अथाह प्रेम गर्थे।जब सिमसिमे पानी पर्छ एक्दिन भक्तराज र म सन्जोग ले एउटै छाता मुनि हिडेको याद आउँछ त्यो पल जब ढुंगामा खुट्टा अल्झेर उस्का र मेरा कुम जुद्थे म सिरिङग हुन्थे। भक्तराज ले अन्जानमै मेरो र दिदी बिचको दुरि बढाइदिएको थियो दिदि मलाइ त्यसै त्यसै झर्को लागेर आउथी पैला जस्तो खुलेर कुरा गर्न पनि मन लाग्दैनथ्यो ।यो सब गलत थियो तर जब मान्छे प्रेममा पर्छ नि तब सहि गलत छुट्याउन सक्ने मनस्थितिमा कहाँ हुदो रहेछ र? त्यो साल को मंसिर लाग्यो।घरमा दिदिको बिहेको कुरा चल्न थाल्यो अनि मेरो मनमा भक्तराज को बिहेको बज्र ।हुनत मेरो प्रेम उस्लाइ पाउनै पर्छ भन्ने खाल्को थिएन तैपनी मनलाइ सम्झाउन कहाँ त्यति सजिलो थियो र?जब उ दिदिलाइ माग्न आयो मलाइ देखेर किच्च हास्यो उस्लाइ पैलैदेखी म थाहा रहेछ उषा मेरि दिदी भन्ने कुरा।तर त्यो हासो के को थियो मैले बुज्न सकिन र बुज्न कोसिस पनि गरिन। मन तेसै बिरक्तियो दिदिको अनुहार मा छाएको चमक मलाई सैह्य हुँदै भएन एकान्तमा एक्लै बसेर अनेक सोच्ने गर्थे मनलाइ जसोतसो सम्झाउने कोसिस गर्थे दिमाग ले त सत्य स्विकारेको थियो तर यो मन कसै मान्न तयार हुदैनथ्यो।जब मेरि दिदी र उस्को बिहे हुने टुंगो भयो म भक्कानिए मलाइ केही मन पर्न छोड्यो बिहेको रौनक ले अलिकती पनि छोएन वा देखावाटी मात्र छोयो। त्यो दिन म दिदिको बिदाइले भन्दा भक्तराज ले बिहे ले बढी रोए।उस्ले त मलाइ साली बनायो र साली मान्छ पनि तर मेरो लागि उ भिनाजु बन्यो मात्र मैले भिनाजु मान्न सकिन र अझै सम्म पनि सकेकि छैन । मान्छे हरु प्रेम मा पर्छन्, आफ्नो प्रेमको बलिदान दिन्छन् अनि धेरै टाढा जान्छन् मपनी जान चाहन्छु तर जब जब म उस्लाइ देख्छु तब तब मलाइ उसगै प्रेम हुन्छ अथाह प्रेम।एकोहोरो प्रेम।

प्रकाशित : 9 February, 2018

प्रतिक्रिया दिनुहोस्