दुर्गा प्रसाईंको संयोजगत्वमा नयाँ पार्टी गठनको प्रक्रियामा

सहयात्रा टिभी

काठमाडौँ । जेठ ३१, राप्रपाबाट अलग भएका धवलशमशेर राणा र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं नयाँ पार्टी गठनको प्रक्रियामा जुटेका छन् ।

उनीहरूले दल निर्माणका लागि ३१ वटा विभाग गठन गरेका छन् । विभाग प्रमुखहरूलाई आइतबार काठमाडौंमा आयोतिज एक कार्यक्रममा जिम्मेवारी हस्तान्तरण गरिएको छ । राणा र प्रसाईंले संयुक्त रुपमा जिम्मेवारी हस्तान्तरण गरेका हुन् ।

पार्टी एकता कार्यदल, कार्यसम्पादन कार्यदल, वार्ता कार्यदल लगायतका विभाग गठन गरिएको आयोजकले जानकारी दिएको छ । जसमा मुकुन्दश्याम गिरी, सगुनसुन्दर लावती, राजु आचार्य, धनश्वर शाही, खड्ग जिसी, ईश्वरीप्रसाद भट्टराई, केशवराज श्रेष्ठ, डा. महेन्द्रजंग शाह, दिलविकास राजभण्डारी लगायत रहेका छन् ।

नयाँ पार्टी गठन गर्न भन्दै २१ जेठमा राप्रपा महामन्त्री धवलशमेर राणा लगायतले पार्टी छाडेका थिए । त्यसपछि दुर्गा प्रसाईंको समूह राणाको समूहसँग मिलेका थिए ।

प्रस्तावित राष्ट्रवादी पार्टी निर्माण तथा जिम्मेवारी हस्तान्तरण कार्यक्रममा बोल्दै राणाले राप्रपाका नेताहरूले कार्यकर्तालाई अनावश्यक कारवाहीको डण्डा चलाएको बताए । बालेन्द्र शाह नेतृत्वको सरकारले १०० दिन नपुग्दै तमाम गल्तीहरू गर्दै गएको बताए ।

 

प्रकाशित : 14 June, 2026

प्रतिक्रिया दिनुहोस्