ललितपुरको गोदवारी १ मा कांग्रेस विजयी

ललितपुर । गोदावरी नगरपालिकाको वडा नम्बर एकमा अध्यक्ष सहित सबै सदस्यमा नेपाली कांग्रेसले जितेको छ । निर्वाचन कार्यालयका अनुसार कांग्रेसका हरिहर कार्की सहितको प्यानल विजयी भएको हो । कार्कीले ११३१ मत ल्याएका थिए । उनका निकटतम प्रतिद्वन्दी एमालेका रामचन्द्र थापाले ८२५ मत ल्याएका थिए ।