रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको स्थल परिवर्तन
सहयात्रा टिभी
काठमाडौँ । असार २, सत्तारुढ दल रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको स्थल परिवर्तन गरिएको छ । रास्वपाको महाधिवेशन भरतपुरस्थित चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा हुनेछ ।

यसअघि चितवनको रत्ननगर नगरपालिकाको टाँडीस्थित होटल स्टारमा तय भएको थियो ।
असार ७ देखि ९ गतेसम्म आयोजना गरिएको महाधिवेशनमा सहभागी हुनेका लागि सौराहा, रत्ननगर र भरतपुरका होटलमा अवासको प्रबन्ध गरिएको रास्वपा केन्द्रीय सदस्य राजन गौतमले जानकारी दिए ।
पार्टीको स्थानीय, जिल्ला र नगरसमिति, जिल्लामा रहेका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यहरुको समन्वयमा महाधिवेशन तयारीको लागि १८ वटा उपसमिति बनाएर काम अघि बढाइएको उनको भनाइ छ ।
