रत्नराज्यलक्ष्मी बजारको १० धुर जग्गा आफ्नो भएको कांग्रेसको दाबी

सहयात्रा टिभी

काठमाडौँ । असार २, नेपाली कांग्रेस नगर कार्यसमिति बोदेबरसाइन, सप्तरीले वडा नं. ५ मा पर्ने रत्नराज्य लक्ष्मी बजारस्थित साविक कित्ता नं. ३७ को कुमार रोड अन्तर्गत प्लट नं. ३० को १० धुर जग्गा आफ्नो भएको दाबी गरेको छ ।

कांग्रेसले आफ्नो जग्गा अनाधिकृत रुपमा कब्जा भएको भन्दै अतिक्रमण हटाइदिन बोदेबरसाइन नगरपालिकामा निवेदन दिएको छ ।

कांग्रेस नगर सभापति दीपेन्द्र कुमार यादवले पार्टीको नाममा रहेको बिटौरी जग्गामा बनाइएका अनाधिकृत कब्जा हटाइ हकअधिकार कायम गराउन माग गर्दै नगरपालिकाको न्यायिक समितिमा निवेदन दिएका हुन् ।

हनुमाननगर भन्सार अड्डा सप्तरीबाट वि.सं. २०१७ सालमा रत्नराज्य लक्ष्मी बजार बोदेबरसाइन स्थापना भएको थियो । तर हाल केही व्यक्तिहरूले फर्जी कागजात तयार गरी जग्गामा अवैध कब्जा गरेको आरोप नेपाली कांग्रेसले लगाएको छ ।

कांग्रेसको निवेदनमा नगरपालिकाले १८१८ दर्ता नम्बर कायम गरी आवश्यक कागजात तथा प्रमाणको अध्ययनपछि कानुन बमोजिम प्रक्रिया अगाडि बढाउने जनाएको छ ।

प्रकाशित : 16 June, 2026

प्रतिक्रिया दिनुहोस्