रास्वपा महाधिवेशनमा आज बन्दसत्र हुँदै, सभापति लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने

सहयात्रा टिभी

काठमाडौँ । असार ८, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राष्ट्रिय महाधिवेशन अन्तर्गत आज बन्दसत्र हुँदैछ । आइतबार चितवनको भरतपुरस्थित गेष्टहाउस चौरमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र बिहान साढे ८ बजे उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा हुँदैछ ।

बन्दसत्रको प्रारम्भ सभापति रवि लामिछानेले गर्नेछन् । बन्द सत्रमा विभिन्न महत्त्वपूर्ण प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने र निर्वाचन प्रक्रिया सुरु गर्ने कार्यतालिका रहेको छ। बन्द सत्रमा सभापति लामिछानेले राजनीतिक प्रतिवेदन पेश गर्नेछन् । यस्तै, रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन, कोषाध्यक्ष लिमा अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने तालिका रहेको छ ।

यसैगरी, महामन्त्री कविन्द्र बुर्लाकोटीले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन् भने सहमहामन्त्रीको अगुवाइमा पार्टीको ‘विधान’ माथि छलफल तथा पास गर्ने कार्यतालिका छ । त्यसपछि पार्टी सभापति लामिछानेबाट राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यक्रम छ।

रास्वपाले बन्द सत्रसँगै निर्वाचन कार्यक्रम पनि सँगसँगै अघि बढाउने भएको छ। सभापति लामिछानेको राजनीतिक प्रतिवेदनमा छलफल र पारित भएपछि अन्तरिम व्यवस्थापन समिति गठनको घोषणा गरिनेछ । जसको जिम्मेवारी निर्वाचन आयोगलाई दिइने छ । त्यसपछि निर्वाचन आयोगले निर्वाचन प्रक्रियासम्बन्धी जानकारी र तालिका प्रकाशन हुनेछ । नयाँ कार्यसमिति चयनसँगै मंगलबार महाधिवेशन सकिनेछ ।

प्रकाशित : 22 June, 2026

प्रतिक्रिया दिनुहोस्