रास्ववपा महाधिवेशनः बिहान पौने ७ बजेसम्म १८ सयले गरे मतदान

सहयात्रा टिभी

काठमाडौँ । असार १०, राति १२ बजेदेखि मतदान सुरु भएको रास्वपाको विद्युतीय मतदान प्रकृयामा अहिलेसम्म एक हजार ८ सय हाराहारीमा मतदान भएको छ ।


रास्वपा केन्द्रीय सदस्य पदमा ९९ पदका लागि २ सय ४ जना भिड्दैछन् । रामलक्ष्मण इनोभेसनका सञ्चालक रामप्रसाद रिमालका अनुसार आज मध्यान्ह १२ बजेसम्म मतदान सकाउने तयारी छ । रास्वपाको महाधिवेशनमा ४ हजार दुई सयको संख्यामा प्रतिनिधि मतदाता छन् ।

 

प्रकाशित : 25 June, 2026

प्रतिक्रिया दिनुहोस्