त्रिशुली दुर्घटना अपडेट : बेपत्ता सिंचाइ मन्त्रालयका सचिव यादवको शव निकालियो

धादिङ । त्रिशुली नदीमा खसेर बेपत्ता भएका सिंचाइ मन्त्रालयका सचिव रामानन्दप्रसाद यादवको शव फेला परेको छ । बा २ झ ३१४० नम्बरको सिंचाइ मन्त्रालयको जिप काठमाडौं आउने क्रममा शनिबार बिहान धादिङको बेनीघाट रोलाङ गाउँपालिका(३ को सलाङघाटबाट त्रिशुली नदीमा खसेर बेपत्ता भएका सचिव यादको शव नदीमा डुबिरहेको जिपबाट निकालिएको हो । ड्राइभर सिटबाट सिट बेल्ट काटेर यादवको शव निकालेकाले जिप सचिवले चलाउँदा दुर्घटनामा परेको पुष्टि भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा चालक निराजन यादव घाइते भएका छन् । उनलाई यसअघि नै उद्धार गरेर ट्रमा सेन्टर काठमाडौं ल्याइएको छ । जिपमा सवार सचिव यादवका छोरा संजय यादव र साथीको छोरीको भने शव निकाल्न सकिएको छैन् । जिप डुबेको ठाउँ निकै साघुरो र अप्ठ्यारो भएका कारण जिप नदीबाट बाहिर निकाल्न नसकिएको प्रहरीले जनाएको छ । शसस्त्र प्रहरीको उद्धार टोलीले डुबिरहेको जिपबाट सचिव यादवको शव निकालेको भएपनि अत्याधिक चिसो र पानीभित्र जिप अप्ठ्यारो ठाउँमा रहेकाले अन्यको शव निकाल्न गारो भएको जनाएको छ ।