चार पूर्वप्रधानमन्त्रीहरू आज एकै मञ्चमा
सहयात्रा टिभी
काठमाडौँ । असार १४, चार पूर्वप्रधानमन्त्रीहरू आज एकै मञ्चमा देखिएका छन्।

मदन भण्डारीको ७५औं जन्मजयन्तीका अवसरमा आयोजित विचार गोष्ठीमा चार पूर्वप्रधानमन्त्रीहरू एकै मञ्चमा देखिएका हुन् ।
मदन भण्डारी फाउन्डेसनले आइतबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाल एकै मञ्चमा देखिएका हुन् ।
कार्यक्रमको प्रमुख अथिति भने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी छिन् ।
