अर्थ र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै
सहयात्रा टिभी
काठमाडौँ । असार २१, संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको दुईवटा समितिका बैठक आज बस्दैछन् । आज अर्थ समिति र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्न लागेको हो ।

अर्थ समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा आर्थिक वर्ष २०८३–०८४ को मौद्रिक नीतिमा समेट्नुपर्ने विषयहरुका सम्बन्धमा विज्ञ एवं सरोकारवालाहरुसँग छलफल गर्ने कार्यसूची रहेको छ ।
यस्तै, महिला तथा सामाजिक मामिला समितिको बैठक दिउँसो २ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा समितिको कार्यविधि तथा आचारसंहिता मस्यौदा उपसमितिले तयार पारेको प्रतिवेदन तथा समितिको हालै सम्पन्न स्थलगत अनुगमन भ्रमणको प्रतिवेदनका विषयमा छलफल गर्ने कार्यक्रम छ ।
