भारी वर्षाको जोखिमपछि हेटौंडा–काठमाडौं रात्रिकालीन सवारी बन्द
सहयात्रा टिभी
काठमाडौँ । साउन ३, जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडाबाट काठमाडौं जाने रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाएको छ।

भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाएको हो । प्रहरीका अनुसार हेटौंडा–देउराली–कुलेखानी–फर्पिङ सडकखण्डमा शनिबार राति ८ बजेदेखि आइतबार बिहान ५ बजेसम्म सवारी आवागमन बन्द गरिएको छ।
त्यस्तै, कान्तिलोकपथ हुँदै जाने सवारीलाई शनिबार साँझ ६ बजेदेखि हेटौंडाको चौघडा बजारमा रोकिएको छ। बाढी, पहिरो तथा अन्य विपद्को जोखिम बढ्न सक्ने भएकाले प्रशासनले यात्रु तथा चालकलाई अनावश्यक यात्रा नगर्न र सुरक्षाकर्मीको निर्देशन पालना गर्न आग्रह गरेको छ।
