निर्वाचन आयोगले राष्ट्रपतीलाई बुझायो राष्ट्रियसभा सदस्य निर्वाचनको मत परिणाम

सहयात्रा टिभी

काठमाडौं । माघ २८, निर्वाचन आयोगले आज राष्ट्रियसभा सदस्य निर्वाचनको मत परिणाम राष्ट्रपतिलाई बुझाएको छ। यही माघ २४ गते सम्पन्न भएको राष्ट्रियसभा सदस्यको निर्वाचन थियो बुझाएपछि राष्ट्रपतीले स्थानीय, प्रदेश, प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा आयोग परिवारलाई धन्यवाद दिएकी थिइन् । कार्यक्रममा प्रमुख आयुक्त यादबले मार्ग निर्देशनअनुसार काम गरी स्वच्छ र निष्पक्ष रुपमा निर्धारित समयमै निर्वाचन गराउन सफल भएको बताएका थिए ।

 

नेपालको संविधानको धारा ८६ अनुसार राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट कम्तीमा तीन महिला, एक दलित र एक अपांगता-अल्पसंख्यकसहित आठ गरी निर्वाचित ५६ सदस्य रहन्छन्। त्यस्तै सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत कम्तीमा एक महिलासहित तीन जना गरी जम्मा ५९ सदस्यीय राष्ट्रियसभा गठन हुने संवैधानिक व्यवस्था छ।

प्रकाशित : 11 February, 2018

प्रतिक्रिया दिनुहोस्