सप्तरीमा सर्वदलीय तथा सर्वपक्षीय बैठक आह्वान
सहयात्रा टिभी
काठमाडौँ । साउन १५, सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै सप्तरीको सुरुङ्गा नगरपालिकाले सर्वदलीय तथा सर्वपक्षीय बैठक आह्वान गरेको छ ।
नगरपालिकाले देशका विभिन्न स्थानमा हालै विकसित भएका घटनाक्रम तथा त्यसका कारण सिर्जित परिस्थितिका विषयमा स्थानीय तहमा शान्ति, सुरक्षा, आपसी सद्भाव र विकासको वातावरण कायम राख्ने विषयमा गम्भीर छलफल गर्न बैठक बोलाएको जनाएको छ ।
नगरपालिकाका कार्यवाहक नगर प्रमुख रुद्र बहादुर कार्कीका अनुसार सुरुङ्गा नगरपालिका क्षेत्रभित्र उत्पन्न हुन सक्ने सम्भावित चुनौतीहरूको पहिचान गर्दै साझा धारणा निर्माण र भावी रणनीति तय गर्ने उद्देश्यले आज दिउँसो ३ बजे नगरपालिकाको सभाहलमा सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरिएको हो ।

