न्यूरो अस्पतालबाट निकालियो ओमप्रकाश र जयप्रकाशको शव
सहयात्रा टिभी
काठमाडौँ । साउन १५, सुनसरीको देवानगञ्ज घटनाका मतृकको शव न्यूरो अस्पताल विराटनगरबाट निकालिएको छ ।
शव बुझ्न आफन्त आएपछि न्यूरो अस्पतालबाट मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहताको शव निकालिएको हो ।
दुवै शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल लगिने प्रहरीले जनाएको छ । पोष्टमार्टमपछि शवलाई आफन्तको जिम्ममा लगाइनेछ ।
आइतबार राति देवानगञ्ज गाउँपालिका(३ कप्तानगञ्जमा प्रहरीले चलाएको गोली लागेर स्थानीय ओमप्रकाश र जयप्रकाश मेहताको मृत्यु भएको थियो ।
आज बिहान पीडित परिवार र सरकारबीच ७ बुँदे सहमति भएपछि शव उठाउन पीडित परिवार सहमत भएको हो ।

