नेप्से परिसूचक घटेर रातै
सहयात्रा टिभी
काठमाडौँ । साउन १९, मंगलबार नेप्से परिसूचक घटेर रातै, सेयर बजार २१.१५ अंक घटेको छ । अघिल्लो दिन १.२० अंक घटेको बजारले साताको दोस्रो कारोबार दिन पनि गिरावटलाई निरन्तरता दियो ।
आजको कारोबारपछि बजार परिसूचक नेप्से २६६३ अंकमा कायम भएको छ । कारोबारका क्रममा दिनभर नै नेप्से परिसूचक रातो रह्यो । कारोबार रकम घटेको छ । अघिल्लो दिन ४ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ४ अर्ब ७ करोडको भयो ।
आज ५८ कम्पनीको मूल्य बढ्दा २१४ को घट्यो भने ५ को स्थिर रह्यो । सबै समूहगत सूचक घटेका छन् । व्यापार, अन्य र उत्पादन तथा प्रशोधन समूह १ प्रतिशतभन्दा धेरै घटे ।
सप्तकोशी विकास बैंकको ११.६७, कर्पोरेट डेभलपमेन्ट बैंकको ३.९९, सामुदायिक लघुवित्तको मूल्य ३.४९ प्रतिशत घट्यो । आज रकमका आधारमा धेरै कारोबार भएका कम्पनीमा खानीखोला हाइड्रोपावार, सिद्धार्थ बैंक, नेसनल हाइड्रोपावर, सेन्ट्रल फाइनान्स र रिडी पावर छन् ।

