नुवाकोटका सूचना प्रविधि अधिकृत तामाङ घुस रकमसहित पक्राउ

सहयात्रा टिभी

काठमाडौँ । साउन १९, नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत वीरेन्द्र तामाङ घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले तामाङलाई सेवाग्राहीसँग १ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

भुक्तानी रकममा कमिसन मागेको सूचनाको आधारमा खटिएको अख्तियारको टोलीले तामाङलाई काठमाडौं महानगरपालिका-१६ बालाजुबाट सोमबार नियन्त्रणमा लिएको हो । तामाङलाई म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : 4 August, 2026

प्रतिक्रिया दिनुहोस्